Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विद्युत प्राधिकरणको ३ महिनाको नाफा साढे ८ अर्ब बढी

विद्युत प्राधिकरणको ३ महिनाको नाफा साढे ८ अर्ब बढी

  • बिहिवार, मंसिर १५ २०७९

  • 378
    SHARES

  • विद्युत प्राधिकरणको ३ महिनाको नाफा साढे ८ अर्ब बढी

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्ष ०७९÷८० को पहिलो तिन महिना साउन, भदौ र असोजसम्मको वित्तीय विवरण अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो ।

    आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले बताएको छ । सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरण अनुसार प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको जनाएको छ ।

    आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ ।

    देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिश्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ ।आव २०७२÷७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।


    बिहिवार, मंसिर १५ २०७९१२:५८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij