Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नगरप्रहरीमाथि साङ्घातिक आक्रमणमा उत्रने ४ जनालाई पक्राउ गरेर कारबाही गर्न पत्राचार

नगरप्रहरीमाथि साङ्घातिक आक्रमणमा उत्रने ४ जनालाई पक्राउ गरेर कारबाही गर्न पत्राचार

  • बुधवार, मंसिर १४ २०७९

  • 515
    SHARES

  • नगरप्रहरीमाथि साङ्घातिक आक्रमणमा उत्रने ४ जनालाई पक्राउ गरेर कारबाही गर्न पत्राचार

    काठमाडौं । सुकुम्बासी बस्ती हटाउने क्रममा आक्रमणमा उत्रनेहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ।

    काठामाडौं महानगरपालिकाले जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुलाई आज पत्राचार गर्दै कारबाही गर्न भनेको हो। महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत महेश काफ्लेद्वारा हस्ताक्षरित पत्रमा हतियारसहित आक्रमणमा उत्रनेहरुको नाम समेत उल्लेख गरिएको छ। जसमा राजु तामाङ, दीपकजंग कुँवर, हुकुम लामा र नारायण परिश्रमीले खुकुरीलगायत हतियारसहित आक्रमणमा उत्रिएको र उनीहरुको आक्रमण प्रहरी समेत घाइते भएकाले तत्काल पक्राउ गरेर कारबाही गर्न भन्दै पत्र आइपुगेको परिसर प्रहरी स्रोतले जानकारी दिएको छ।

    बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको नगर प्रहरी राजुपाण्डेसहित १८ जनालाई हतियारले आक्रमण गरेर घाइते बनाएकाले कारबाही गर्न माग गरिएको छ। महानगरका मेयरसमेत उपस्थितिमा भएको निर्णयबाट कारबाहीको माग गर्दै प्रहरीलाई पत्राचार गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृहमन्त्रालय समेतलाई बोधार्थ दिएर पत्र लेखिएको छ।

    पत्रमा माथि उल्लेखित चार जनालाई मुलुकी फौजदारी अपराध संहिताको दफा ८५, १९६ र २१२ अनुसार कारबाही गर्न माग राखिएको छ। दफा ८५ मा बाधा विरोध गर्न नहुने उल्लेख गरिएको छ। आफ्नो पदीय कर्तव्य पालन गर्न लागेको राष्ट्रसेवकलाई जोर जुलुम गर्ने वा बाधा पुर्‍याउनु नहुने उल्लेख छ। यस्तो गरेमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख गरिएको छ।

    दफा १९६ मा आपराधिक बल प्रयोग गर्न नहुने उल्लेख छ। आपराधिक बल प्रयोग गर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। दफा २१२ मा शरीर बन्धक लिन नहुने उल्लेख छ। बस्ती हटाउन गएको बेला उनीहरुले प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरेको भन्दै दफा २१२ अनुसार कारबाही हुनुपर्ने माग राखिएको छ।

    बन्धक बनाएर आक्रमण गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँ जरिवाना हुनसक्ने उल्लेख गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका अनधिकृत सुकुम्बासी बस्ती हटाउन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो। बागमती सभ्यता एकीकृत विकास समितिको पत्राचारपछि महानगरपालिकाको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो।

    बस्ती हटाउने समय समेत दिँदा समेत नहटाएपछि महनगरपालिका प्रहरी टोलीसहित सोमबार थापाथलीस्थित सकुम्बासी बस्ती पुगेको थियो। सो क्रममा खुकुरीसहित घरेलु हतियार लिएर आक्रमणमा उत्रिएका थिए।

    आक्रमणबाट प्रहरी समेत घाइते भएका थिए। उनीहरुले ज्यान लिनेसम्मको अभिव्यक्ति समेत सार्वजनिक रुपमा दिएका थिए।

     


    बुधवार, मंसिर १४ २०७९०५:०२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij