Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलमा आज चार खेल हुँदै, अर्जेन्टिना र पोल्याण्ड राति पौने १ बजे भिड्ने

विश्वकप फुटबलमा आज चार खेल हुँदै, अर्जेन्टिना र पोल्याण्ड राति पौने १ बजे भिड्ने

  • बुधवार, मंसिर १४ २०७९

  • 584
    SHARES

  • विश्वकप फुटबलमा आज चार खेल हुँदै, अर्जेन्टिना र पोल्याण्ड राति पौने १ बजे भिड्ने
    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । 
     
    जसमा समूह ’सी’ र समूह ’डी’ का दुई दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ’डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।
     
    दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बाट सुरु हुनेछ ।  यस खेलहरूबाट समूह ’डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
     
    दोस्रो दुई खेलमा समूह ’सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुँदैछ । दुवै खेल नेपाली समयअनुसार राती पौने १ मा हुनेछ ।  यस खेलहरूबाट समूह ’सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । 
     
    एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । 
     
    यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
     


    बुधवार, मंसिर १४ २०७९०२:००:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij