Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने

एकीकृत समाजवादीले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने

  • मंगलवार, मंसिर १३ २०७९

  • 510
    SHARES

  • एकीकृत समाजवादीले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ ।

    चुनावी परिणामबारे छलफल गर्न आज बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।

    ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन्,’ बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

    खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिनुभयो । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताउनुभयो ।


    मंगलवार, मंसिर १३ २०७९०३:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij