Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

  • मंगलवार, मंसिर १३ २०७९

  • 562
    SHARES

  • विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

    काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।

    आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।

    सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने योजनामा छ । यता कतार भने जितबाट प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।

    प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम दुई खेलहरूमा इरानले अमेरिकासँग खेल्दैछ । अमेरिकालाई जित निकाल्दै पर्ने दबाब छ । यता इरान पनि जित निकाल्दै अघिल्लो चरणका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।

    सोही समयमा हुने अर्को खेलमा इङ्ल्यान्डले वेल्ससँग खेल्नेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन् । इङ्ल्यान्डलाई बराबरीको नतिजाले पुग्नेछ भने वेल्सलाई भने जित नै आवश्यक छ । जित निकाले पनि अर्को टिमको खेलको नतिजा पर्खनु पर्ने हुनेछ ।


    मंगलवार, मंसिर १३ २०७९०७:२१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij