काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको मतान्तर २५३८ पुर्याउनुभएको छ ।
मंगलबार(आज) दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाउनुभएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाउनुभएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाउनुभएको छ। स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाउनुभएको छ।