Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुस्ताङ प्रदेशसभामा पनि कांग्रेस उम्मेदवार विजयी

मुस्ताङ प्रदेशसभामा पनि कांग्रेस उम्मेदवार विजयी

  • सोमवार, मंसिर ५ २०७९

  • 891
    SHARES

  • मुस्ताङ प्रदेशसभामा पनि कांग्रेस उम्मेदवार विजयी

    काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट प्रदेश सभामा पनि विजयी सुरुवात गरेको छ ।

    मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।

    योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ । यसअघि मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् । योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।


    सोमवार, मंसिर ५ २०७९०४:००:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij