Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

मकवानपुरमा ११ बजेदेखि मतगणना हुने

मकवानपुरमा ११ बजेदेखि मतगणना हुने

  • सोमवार, मंसिर ५ २०७९

  • 669
    SHARES

  • मकवानपुरमा ११ बजेदेखि मतगणना हुने
    काठमाडौं । मकवानपुरमा मतगणनाको लागि सर्वदलीय बैठक सम्पन्न भएको छ । उक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहान ११ बजेबाट गर्ने निर्णय गरेको छ ।
     
    सोमबार(आज) बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार मकवानपुरको प्रतिनिधिसभा तर्फको १ क्षेत्र र प्रदेशसभाको ४ क्षेत्रको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणनाका लागि १० स्थान तयार पारिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पर्नुको साथै मतगणना गर्नका लागि तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । 
     
    आइतबार भएको मतदानमा मकवानपुरमा ३ लाख ७ हजार ३३ जना मतदाता मध्ये १ लाख ५ हजार १५५ जना मतदाता रहेको क्षेत्र नम्बर–१ मा ६० दशमलव ९९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सो क्षेत्रमा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र अन्य ४ जना गरी कुल ९१ हजार ५८३ जनाले मतदान गरेका छन् । 
     
    त्यस्तै १ लाख ५ हजार ५७८ जना मतदाता रहेको क्षेत्र नम्बर२ मा ५७ दशमलव ५८ प्रतिशत मत खसेको छ । जसमध्ये पुरुष ४६ हजार ७२३ जना, महिला ३९ हजार ९२९ जना गरी कुल ८६ हजार ६५२ जनाले मतदान गरेका छन् ।
     
     


    सोमवार, मंसिर ५ २०७९१०:२४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij