Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कतारलाई हराउँदै विश्वकपमा इक्वेडरको विजयी सुरुआत

कतारलाई हराउँदै विश्वकपमा इक्वेडरको विजयी सुरुआत

  • आइतवार, मंसिर ४ २०७९

  • 613
    SHARES

  • कतारलाई हराउँदै विश्वकपमा इक्वेडरको विजयी सुरुआत

    काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ ।

    अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।

    इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे ।

    चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।

    खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।


    कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा इनरले सहजै गोल गरे ।

    त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो।

    त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।

    त्यसबाहेक दुबै टोलीले दोस्रो हाफमा गोलको अवसर पाएका थिए । तर, दुबै टोलीले सदुपयोग गर्न सकेनन् ।

    यस जितसँगै समूह 'ए' मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।         अब समूह ए अन्तर्गत सोमबार सेनेगल र नेदरल्यान्ड्सबिच खुल हुनेछ । खेल नेपाली समय अनुसार रातको ९:४५ बजे हुनेछ।


    आइतवार, मंसिर ४ २०७९११:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij