Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोगप्रति काउन्सिलको ध्यानाकर्षण

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोगप्रति काउन्सिलको ध्यानाकर्षण

  • शनिवार, मंसिर ३ २०७९

  • 391
    SHARES

  • सञ्चारमाध्यमको मास्टहेड दुरुपयोगप्रति काउन्सिलको ध्यानाकर्षण

    काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनसम्बन्धी दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण नगर्न/नगराउन आग्रह गरेको छ ।

    मौन अविधिमा केही सञ्चारमाध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उमेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत तथा भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै काउन्सिलले यस्ता सामग्रीबाट सजग रहन अनुरोध गरेको छ ।

    त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्यूज हो’ भनी जवाफ प्राप्त भएको र कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेका काउन्सिलले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त र फेक न्युजबाट सजग रहन अनुरोध गर्दै स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

    press_3yCbfWX6W4.jpg


    शनिवार, मंसिर ३ २०७९०३:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij