Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निर्णायक सिरिजमा आज नेपाल र युएई भिड्दै

निर्णायक सिरिजमा आज नेपाल र युएई भिड्दै

  • शुक्रवार, मंसिर २ २०७९

  • 377
    SHARES

  • निर्णायक सिरिजमा आज नेपाल र युएई भिड्दै

    काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेल सिरिजको निर्णायक खेल हो । दुई टोलीबीचको सिरिज १–१ को बराबरीमा रहेको छ ।

    सिरिजको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराएको छ । आजको खेलमा जित निकाल्दै घरेलु टोली नेपाल सिरिज आफ्नो बनाउने योजनामा छ । आजको सिरिज जितेमा नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

    पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २–० ले हारेको थियो ।

    नेपाल र यूएईबीचको हालसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ ।

     


    शुक्रवार, मंसिर २ २०७९०७:२७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij