काठमाडौं, आज सेयर बजार परिसुचक नेप्से २५ अंक बढीले वृद्धी भएको छ ।
साताको अन्तिम कारोबार दिन आज नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको छ ।नेप्से सूचक वृद्धि भएसँगै आज कारोबारमा समेत वृद्धि भएको छ ।
२५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ ।
सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको २.३९ प्रतिशतले, ट्रेडिङ २.२५ प्रतिशत, म्यानु एण्ड प्रो २.०६ प्रतिशतले वृद्धि भएका छन् ।
यस्तै, डेभलपमेन्ट समूहको उपसूचक १.९१ प्रतिशतले, म्युचुअल फन्ड १.६७ प्रतिशतले, निर्जीवन बीमा समूह १.३५ प्रतिशतले इन्भेष्टमेन्ट समूह १.२१ प्रतिशत बढेको छ ।
आज सिकलेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।