Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युएईविरुद्ध नेपाल ३ विकेटले विजयी

युएईविरुद्ध नेपाल ३ विकेटले विजयी

  • बुधवार, कार्तिक ३० २०७९

  • 626
    SHARES

  • युएईविरुद्ध नेपाल ३ विकेटले विजयी
    काठमाडौं । पाहुना टोली युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार(आज) भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
     
    जितसँगै तीन खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ । युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएर पूरा गर्‍यो ।
     
    नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै आरिफ शेखले अविजित ३३ रनको योगदान दिँदा सोमपाल कामी १६ रनमा अविजित रहे ।
     
    कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे । आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले शून्य रन बनाए ।
     
    युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । बसिल हामिदले १ विकेट लिए ।
     
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । 
     
    युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रन बनाए ।
     
    युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।


    बुधवार, कार्तिक ३० २०७९०४:२५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij