काठमाडौं–नवलपरासीका मिटरब्याज पीडितले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बहिस्कार गरेका छन् ।
कुनै पनि दल तथा उमेद्धारहरुले आफुहको समस्यालाई चुनावी एजेन्डा नै नबनाएको भन्दै नवलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रतापपुरका मिटरब्याज पीडितले चुनाव बहिस्कार गरी कालो झण्डा गाडेका हुन् ।
पटक–पटक आन्दोलन गर्दै आउदा पनि पीडितको भन्दा सुदखोरको बचाउ गर्दै पीडितलाई झुटा आश्वासन मात्रै बाँड्न फेरी गाउँ प्रवेश गरेको भन्दै पीडितहरुले मतदान बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
उनीहरुले घर घरमा चुनाव बहिस्कार लेखेर कालो झण्डा गाडेका छन्।
त्यो क्षेत्रमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट अर्बपति विनोद चौधरी र एमालेसहितको गठबन्धनका तर्फबाट जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी उम्मेदवार रहेका छन्।