Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यूएईसँग नेपाल ८४ रनले पराजित

यूएईसँग नेपाल ८४ रनले पराजित

  • सोमवार, कार्तिक २८ २०७९

  • 487
    SHARES

  • यूएईसँग नेपाल ८४ रनले पराजित

    काठमाडौं । पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।

    युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

    अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

    एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।

    त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।

    कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए । युएईका आयन अफ्जल खानले ४ विकेट लिए ।

    बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

    यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए । एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपि रिजवान २ रनमा आउट भए ।

    आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

    यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।


    सोमवार, कार्तिक २८ २०७९०५:१५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij