Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्दै

बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्दै

  • सोमवार, कार्तिक २८ २०७९

  • 361
    SHARES

  • बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्दै

    काठमाडौं। बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

    आगामी जनवरीदेखि सञ्चालनमा ल्याउन थालिएको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारतको बनारसमा नियमित उडान भर्ने तयारी गरेको हो ।

    विमानस्थल सञ्चालनमा आएलगत्तै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने छ ।आज कम्पनिले एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ ।

    कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ ।हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं नियमित उडान भर्दै आएको छ ।

    योसँगै बुद्ध एयरले दोस्रो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीँ आउँदो जनवरी, २०२३ देखि सञ्चालनमा आउँदै छ ।


    सोमवार, कार्तिक २८ २०७९०४:४३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij