Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पहिलो एकदिवसीय अन्तराष्ट्रियमा आज नेपाल र युएई भिड्दै

पहिलो एकदिवसीय अन्तराष्ट्रियमा आज नेपाल र युएई भिड्दै

  • सोमवार, कार्तिक २८ २०७९

  • 404
    SHARES

  • पहिलो एकदिवसीय अन्तराष्ट्रियमा आज नेपाल र युएई भिड्दै
    काठमाडौं । घरेलु टोली नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सोमबार(आज) पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 
     
    आज दुवै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।
     
    नेपाल र युएई पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र युएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।
     
    नेपालले २०१९ मा युएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । सोही सिरिजको तेस्रो खेलमा नेपालका तत्कालीन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । 
     
    नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।
     


    सोमवार, कार्तिक २८ २०७९०६:४३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij