Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकपको उपाधि जित्न पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

विश्वकपको उपाधि जित्न पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

  • आइतवार, कार्तिक २७ २०७९

  • 1.3K
    SHARES

  • विश्वकपको उपाधि जित्न पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य
    काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रन बनायो ।

    पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहम्मद रिजवानले १५ रन बनाए ।

    शादब खानले २० रन जोड्दा मोहम्मद हरिस ८ रन, मोहम्मद वासिम ४ रन, मोहम्मद नवाज ३ रन  तथा इफ्तिखर अहमेद शून्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहँदा हरिस राउफले अविजित १ रन बनाए ।

    इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

    आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । आज दुवै टिम जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ ।


    आइतवार, कार्तिक २७ २०७९०३:३४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij