Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

  • शनिवार, कार्तिक २६ २०७९

  • 862
    SHARES

  • राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

    ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।

    बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

    पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।


    शनिवार, कार्तिक २६ २०७९०६:४९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij