काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल असफल भईसकेकोले अब राज्यको अभिभावक राजा हुनुपर्ने बताउनु भएको छ।
आज काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था नै असफल भइसकेको भन्दै अब पूर्ण समानुपातिक संसद, संसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारिणी प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा रहने व्यवस्था कायम गर्नुपर्ने बेला आएको बताउनु भएको हो ।
यसका लागी नेतृत्वदायी भुमिका निर्वाह गर्न वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको उहाँले बताउनुभयो ।
उहाँले सर्व धर्म समभाव र बैदिक सनातनसहितको हिन्दु राष्ट्र नेपाल हुनुपर्ने भन्दै उनले न्यायालयको समेत पुर्नसंरचना गर्न जरुरी रहेको बताउनु भयो ।
शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा निःशुल्क र समान हुनुपर्ने भन्दै उहाँले अवसर पाए नागरिक आयोग गठन गरेर अवैद्य सम्पति जफत गर्ने घोषणा समेत गर्नुभयो ।