काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ । एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
भारतका लागि हार्दिक पाण्डेले सर्वाधिक ६३ रन बनाए । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १र१ विकेट लिए ।
आज भारत र इंग्ल्यान्ड जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।
विश्वकपको पहिलो सेमिफाइनलमा बुधवार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।