Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि हुने

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि हुने

  • मंगलवार, कार्तिक २२ २०७९

  • 453
    SHARES

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि हुने

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी पुस २६ गतेदेखि सुरु हुने भएको छ ।

    अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ । हिजो भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ ।

    यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँले वृद्धि गरेको छ । एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । क्लबको तयारी खर्च बढाए पनि पुरस्कार रकम यथावत् छ ।

    लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।


    मंगलवार, कार्तिक २२ २०७९०८:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij