Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप : आज दुई वटा खेल हुँदै

प्रधानमन्त्री कप : आज दुई वटा खेल हुँदै

  • मंगलवार, कार्तिक २२ २०७९

  • 440
    SHARES

  • प्रधानमन्त्री कप : आज दुई वटा खेल हुँदै

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ।

    आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।

    आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा छ । आज आर्मीले कर्णालीलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ तर हारेमा गण्डकी प्रदेश सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    पुलिस एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । आजको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । मधेस ३ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । मधेस पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।


    मंगलवार, कार्तिक २२ २०७९०८:०८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij