Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काकी हत्या प्रकरण : यस्तो छ हत्या गर्नुको कारण

काकी हत्या प्रकरण : यस्तो छ हत्या गर्नुको कारण

  • आइतवार, भाद्र २१ २०७७

  • 19.2K
    SHARES

  • काकी हत्या प्रकरण : यस्तो छ हत्या गर्नुको कारण

    काठमाडौंं । ललितपुरको भैंसेपाटीकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न निर्मललाई गीताको भैंसीपाटीस्थित घर रहेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । गीताको गत शनिबार घाँटी थिचेर हत्या भएको थियो । 

    पक्राउ परेका निर्मलले अपराध स्वीकारिसकेको ललितपुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भतिजा निर्मल र गीता विगत चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । गीता पाटनस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

    प्रेम सम्बन्ध स्वीकारेका निर्मल र गीताबीच आर्थिक लेनदेनको मामिला भने अहिलेसम्मको अनुसन्धानबाट नदेखिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राइले जानकारी दिनुभयो ।


    आइतवार, भाद्र २१ २०७७०२:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij