Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीकै कारण गठबन्धन बनेको हो, चुनावपछि पनि यसकै सरकार बन्छ-प्रधानमन्त्री देउवा

ओलीकै कारण गठबन्धन बनेको हो, चुनावपछि पनि यसकै सरकार बन्छ-प्रधानमन्त्री देउवा

  • शनिवार, कार्तिक १९ २०७९

  • 612
    SHARES

  • ओलीकै कारण गठबन्धन बनेको हो, चुनावपछि पनि यसकै सरकार बन्छ-प्रधानमन्त्री देउवा

    काठमाडौ . प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

    डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्ण ढंगले गरेको आरोप लगाउनुभएको छ ।

    उहाँले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएकोले त्यसका विरुद्धमा गठबन्धन बनेको बताउनुभयो।

    फरक प्रसङ्गमा हिजो एमाले अध्यक्ष ओलीले दार्चुला गरेको भाषणलाई संकेत गर्दै कांगेस सभापति समेत रहनुभएका देउवाले ओलीले दार्चुला गएर गरेको भाषणले लिम्पियाधुरा नआउने बताउनुभयो ।

    उहाँले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताउनुभयो । ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको पनि बताउनुभयो ।


    शनिवार, कार्तिक १९ २०७९०३:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij