Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१५ वर्ष मुनिको महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपालले आज दोस्रो खेल खेल्दै

१५ वर्ष मुनिको महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपालले आज दोस्रो खेल खेल्दै

  • शनिवार, कार्तिक १९ २०७९

  • 475
    SHARES

  • १५ वर्ष मुनिको महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपालले आज दोस्रो खेल खेल्दै

    काठमाडौं । बंगलादेशमा जारी साफ १५ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

    नेपाल शनिबार लगातार दोस्रो जितको योजनामा हुनेछ । तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन । आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

    उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो । नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।

    च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


    शनिवार, कार्तिक १९ २०७९०८:३१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij