Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 1.1K
    SHARES

  • कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताउनुभएको छ ।

    महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताउनुभयो ।

    ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भन्नुभयो, ‘तर त्यस्तो अधिकार अरुलाई छैन ।’

    डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ ।

    एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए ।

    तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकार अरुलाई नभएको बताउनुभयो ।

     


    शुक्रवार, कार्तिक १८ २०७९०६:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij