Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप :   सुदूरपश्चिम र आर्मी तथा गण्डकी र एपीएफ भिड्दै

प्रधानमन्त्री कप :   सुदूरपश्चिम र आर्मी तथा गण्डकी र एपीएफ भिड्दै

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 373
    SHARES

  • प्रधानमन्त्री कप :   सुदूरपश्चिम र आर्मी तथा गण्डकी र एपीएफ भिड्दै
    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुक्रबार(आज) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा आज एक एक खेल हुँदै छन्।
     
    टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सुदूर र आर्मी दुवै पहिलो जितको खोजीमा रहेका छन् ।
     
    मुलपानी मैदानमा हुने खेलमा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान साढे ९ बजे नै सुरु हुनेछ। एपीएफ र गण्डकी दुवै तेस्रो जितको खोजीमा रहेका छन् ।
     
    प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
     


    शुक्रवार, कार्तिक १८ २०७९०९:२४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij