Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टी-ट्वान्टी विश्वकप : न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

टी-ट्वान्टी विश्वकप : न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 401
    SHARES

  • टी-ट्वान्टी विश्वकप : न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै
    काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा शुक्रबार(आज) दुई खेल हुँदैछन् ।
     
    एडिलेटमा हुने पहिलो खेलमा आयरल्याण्ड र न्युजिल्याण्ड खेल्दै छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजे सुरु हुनेछ । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।
     
    न्युजिल्याण्ड आजको खेलमा सहज जित सहित सेमिफाइनल प्रवेश गर्न चाहान्छ । उता,  इंग्ल्यान्डलाई पराजित गरी लयमा रहेको आयरल्याण्ड पनि कमजोर नरहेकाले खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।
     
    दुई टोलीले हाल सम्म टी-ट्वान्टीमा चार खेलमा प्रतिस्पर्धा गरेका छन् । चारै खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सुपर १२ को अन्तिम खेल भएकाले दुवै टोली जित सहित प्रतियोगिताको सुपर १२ सक्न चाहन्छन् ।
     
    आजै हुने दोस्रो खेलमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । एडिलेटमा हुने दुई टिमबीचको खेल पौने २ बजे सुरु हुनेछ । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।
     
    अष्ट्रेलिया आजको खेलमा सहज जित सहित सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । उता, प्रतियोगिताबाट बाहिरिइसकेको अफगानिस्तान सान्त्वना जित सहित प्रतियोगिता टुङ्गाउन चाहन्छ ।
     
    दुई टोलीले हाल सम्म टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलेका छैनन् ।


    शुक्रवार, कार्तिक १८ २०७९०८:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij