Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कर्णालीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक

कर्णालीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक

  • बिहिवार, कार्तिक १७ २०७९

  • 385
    SHARES

  • कर्णालीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक

    काठमाडौं । दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रीत बैठक बसेको छ ।

    बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो ।

    दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको छ ।

    जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार तीन जिल्लाको सुरक्षा बैठक मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रित थियो ।

    तीन जिल्ला बीचको आपसी समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको कोइरालाले बताउनुभयो । बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरुको सुरक्षा सवालमा पनि छलफल भएको छ । प्रशासकीय अधिकृत कोइरालाले कर्णाली नदि किनारमा बसेको बैठकले १० बुँदे निर्णयहरू गरेको बताउनुभयो ।

    बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित थिए ।


    बिहिवार, कार्तिक १७ २०७९०२:२३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij