Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू–१५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै  

यू–१५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै  

  • बिहिवार, कार्तिक १७ २०७९

  • 438
    SHARES

  • यू–१५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै  
    काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार(आज) भुटानको सामना गर्दैछ ।
     
    ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
     
    नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ ।
     
    भुटान पनि पहिलो जितको खोजीमा रहेको छ ।  मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो ।
     
    च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
     
    यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।
     
    डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


    बिहिवार, कार्तिक १७ २०७९०७:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij