Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बंगलादेशलाई हराउँदै भारत शीर्ष स्थानमा

बंगलादेशलाई हराउँदै भारत शीर्ष स्थानमा

  • बुधवार, कार्तिक १६ २०७९

  • 470
    SHARES

  • बंगलादेशलाई हराउँदै भारत शीर्ष स्थानमा

    काठमाडौं । भारत आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह २ को शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई ५ रनले हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।

    एडिलेड ओभरमा भारतले दिएको १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ ओभरमा ६६ रन बनाउँदै गर्दा वर्षाले खेल केही समय स्थगित भएको थियो । १६ ओभरमा खेल झार्दा बंगलादेशले १५१ रनको लक्ष्य पायो । बंगलादेशले १६ ओभरमा १४५ रन बनायो । बंगालदेशका लागि लिटन दाशले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै नाजमुल्ला हासनले २१ रन बनाउँदा नुरल हसनले २५ रन जोडे ।

    भारतका लागि हार्दीक पाड्या र हार्दीक पाड्याले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विराटले ६४ रन बनाए । राहुलले ३२ बल खेल्दै ५० रन बनाए ।

    भारतका लागि सुर्यकुमार यादवले ३० रन बनाउँदा रवीचन्द्र आश्विनले १३ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि हसन महम्दले तीन विकेट लिए । त्यस्तै कप्तान सकिब अल हसनले दुई विकेट लिए । जितसँगै भारतले ४ खेलबाट ६ अंक जोडेको छ । भारत शीर्ष स्थानमा छ । पराजित बंगलादेश ४ खेलबाट ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।


    बुधवार, कार्तिक १६ २०७९०६:५७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij