Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पल शाहको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित

पल शाहको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित

  • बुधवार, कार्तिक १६ २०७९

  • 597
    SHARES

  • पल शाहको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित

    काठमाडौं । आजका लागी तय भएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    तनहुँ जिल्ला अदालतमा आज हुने भनिएको सुनुवाइ न्यायाधीशहरु नै निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो ।

    पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने आँकलन छ ।

    उता नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष छ महिना कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने तथा २५ हजार रुपैयाँ जरिवाना दिने अदालतको फैसलाबिरुद्ध पुनरावेदन दिने तयारी पनि भइरहेको छ।


    बुधवार, कार्तिक १६ २०७९०२:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij