Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप : आज कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै

प्रधानमन्त्री कप : आज कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै

  • बुधवार, कार्तिक १६ २०७९

  • 490
    SHARES

  • प्रधानमन्त्री कप  : आज कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै
    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधवार(आज) २ खेल हुँदैछन्। खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। 
     
    त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेदेखि सुरु हुने छ । आजको खेलमा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ। गण्डकीले यसअघि पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो। 
     
    त्यस्तै, मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। बागमतीले यसअघि नेपाल पुलिस क्लब र प्रदेश १ सँग हार बेहोरिसकेको छ। 
     
    प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्।
     
    समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश १ रहेका छन्। 


    बुधवार, कार्तिक १६ २०७९०७:०३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij