Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आजदेखि थुनछेक बहस

सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आजदेखि थुनछेक बहस

  • मंगलवार, कार्तिक १५ २०७९

  • 697
    SHARES

  • सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आजदेखि थुनछेक बहस
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा मंगलवार(आज)देखि थुनछेक बहस हुने भएको छ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले हिजो सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। हिजो अभियोगपत्र दायर गरिएकोमा आजदेखि थुनछेक बहस हुने भएको हो। 
     
    काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधवार साँझसम्म अदालतको फैसला आउने छ ।
     
    प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
     
    सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 
     
    दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।  सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो। 
     
    १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 
     
    पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटेलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी छन्। 
     
    सन्दीपले आफूमाथि दुईपटक जबरजस्ती करणी गरेको पीडित युवतीले बयानमा उल्लेख गरेकी छन्। 
     
    सन्दीपले भने बयानका क्रममा बलात्कारको आरोप अस्वीकार गरेका छन्। पीडित युवतीसँग होटेलमा बसेको, तर बलात्कार नगरेको उनको दाबी छ। 


    मंगलवार, कार्तिक १५ २०७९०७:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij