Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किन र कसले गर्यो अल्का अस्पतालकी कर्मचारीको हत्या ?

किन र कसले गर्यो अल्का अस्पतालकी कर्मचारीको हत्या ?

  • शनिवार, भाद्र २० २०७७

  • 1.5K
    SHARES

  • किन र कसले गर्यो अल्का अस्पतालकी कर्मचारीको हत्या ?

    काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो ।

    हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

    प्रारम्भिक अनुसन्धानमा ३९ वर्षीय गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

    प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।
    उक्त शव केसीको भन्ने आज बिहान पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्णराज ओझाले बताउनुभयो ।

    ‘मृतक केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउने विश्वास छ, उहाँले भन्नुभयो ।
    ललितपुर प्रहरीका डिएसपी सन्तोष तामाङका अनुसार हत्याको कारणबारे अनुसन्धान भइरहेको छ ।

     


    शनिवार, भाद्र २० २०७७०३:११:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij