Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विरोधमा प्रदर्शन

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विरोधमा प्रदर्शन

  • सोमवार, कार्तिक १४ २०७९

  • 702
    SHARES

  • डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विरोधमा प्रदर्शन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा.तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उहाँको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । कार्कीलाई आयोगले अन्याय गरेको भन्दै उहाँको समर्थनमा नाराबाजीसमेत गरिएको छ । कार्कीले आज नै आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस समेत गर्नुभएको छ ।

    आयोगको शनिबार बसेको बैठकले डा.कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उहाँको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएको थियो । सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा स्पष्टीकरण कागजातहरू पठाएको थियो । बैठक भत्ता लिनु सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको आयोगले जनाएको छ ।

    ​यता कार्कीले भने आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताउनुभएको छ । शनिवार निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेजी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले आफूले उम्मेदवारी मनोनयनको २५ दिन अगाडि नै नेपाल मेडिकल काउन्सिलको पदबारे निवेदन दिएको भए पनि आयोगले सोबारे जवाफ पनि नदिएको बताउनुभयो।


    सोमवार, कार्तिक १४ २०७९१२:५७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij