Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित

टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित

  • आइतवार, कार्तिक १३ २०७९

  • 484
    SHARES

  • टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित

    काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो ।

    पर्थमा नेदरल्यान्ड्सले दिएको ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै ९५ रन बनायो । पाकिस्तानका लागि मोहम्द रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै फकर जमानले २० रन बनाउँदा सान मक्सोदले १२ रन जोडे ।

    नेदरल्यान्ड्सका लागि बर्नान्डो लोभरले दुई विकेट लिँदा पाउल भान मेकरनले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिनले सर्वाधिक २७ रन बनाउँदा स्कोट एर्डोसले १५ रन बनाउँदा नेदरल्यान्ड्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पाकिस्तानका लागि साहाब खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहमद स्वामीले दुई विकेट लिए । पहिलो जितसँगै पाकिस्तानले तीन खेलबाट २ अंक जोडेको छ । पाकिस्तानको सेमिफाइनल सम्भावना जिवित रहेको छ ।


    आइतवार, कार्तिक १३ २०७९०४:२४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij