Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप क्रिकेट आजबाट, एपीएफ र आर्मी तथा पुलिस र बागमतीबीच प्रतिस्पर्धा हुने

प्रधानमन्त्री कप क्रिकेट आजबाट, एपीएफ र आर्मी तथा पुलिस र बागमतीबीच प्रतिस्पर्धा हुने

  • आइतवार, कार्तिक १३ २०७९

  • 740
    SHARES

  • प्रधानमन्त्री कप क्रिकेट आजबाट, एपीएफ र आर्मी तथा पुलिस र बागमतीबीच प्रतिस्पर्धा हुने
    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन दुई खेलहरू हुँदैछन् । 
     
    टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान साढे ९ बजे सुरु हुनेछ । पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । यो खेल पनि बिहान साढे ९ बजे सुरु हुनेछ ।
     
    कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।  क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
     
    समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।  समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
     
    प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।
     
    प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रहेको क्यानले जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख उपलब्ध गराउने क्यानले जनाएको छ ।
     


    आइतवार, कार्तिक १३ २०७९०७:३७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij