काठमाडौं । शनिबार बिहान कालिकोटमा भएको बम विष्फोटमा घाइते ४ वर्षीया बालिका सरस्वती रानाको मृत्यु भएको छ।
उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
बम तिलागुफा नगरपालिका–१० रानाबाडामा बालबालिका खेलिरहेको अवस्थामा विष्फोट भएको थियो । यसअघि ४ बर्षीया बालिका झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य घाइते भएका ७ वर्षीया कमल थापा, ५ वर्षीया मुस्कान थापा, ३ वर्षकी सपना थापाको भने उपचार भइरहेको छ । घाइते नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो ।