Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कालीकोटमा बम विस्फोट, एक बालिकाको मृत्यु, चार जना घाइते

कालीकोटमा बम विस्फोट, एक बालिकाको मृत्यु, चार जना घाइते

  • शनिवार, कार्तिक १२ २०७९

  • 857
    SHARES

  • कालीकोटमा बम विस्फोट, एक बालिकाको मृत्यु, चार जना घाइते

    काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार आज बिहान करिब ८ बजे बम विस्फोट भएको हो।

    कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको खबर आएको जानकारी दिनुभयो।

    यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा रहेका छन् ।

    घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको थियो ।

    घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताउनुभयो।

    उहाँका अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे केहि खुलेको छैन । 


    शनिवार, कार्तिक १२ २०७९१२:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij