Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दशैँ, तिहारको परम्परागत महत्व उच्च, आपसी सद्भावको पर्वलाई बिदाई (खासखबर)

दशैँ, तिहारको परम्परागत महत्व उच्च, आपसी सद्भावको पर्वलाई बिदाई (खासखबर)

  • बिहिवार, कार्तिक १० २०७९

  • 1.6K
    SHARES

  • दशैँ, तिहारको परम्परागत महत्व उच्च, आपसी सद्भावको पर्वलाई बिदाई (खासखबर)

    काठमाडौं । नेपाल विविध भाषा, धर्म, संस्कृति बोकेको मुलुक हो । यहाँ वर्षैभरी विभिन्न जातजाती र समुदायका मानिसहरुले धर्मकर्म गरिरहेका हुन्छन् । ती मध्येका ठूला चाड दशैँ, तिहारलगायत पर्दछन् । दशैँ, तिहारलाई नेपालीहरुले महान पर्वका रुपमा मनाउँदै आएका छन् । जबदेखि यी पर्वहरु मनाउन थालियो त्यतिबेला हालको जस्तो सञ्चार सुविधा, रोजगारी थिएन । मानिसहरुले जीविकोपार्जन गर्नका लागि निकै दुःख खेप्नु पर्दथ्यो । कमाउन घरबाट हिडेको व्यक्ति नफर्केसम्म उसको हालखबर केही आउँदैनथ्यो । यी र यस्तै अप्ठ्याराहरुलाई खुसीमा परिणत गर्न दशैँ, तिहारजस्ता पर्वहरु विशेष रुपले मनाउन थालिएको हो । संस्कृतिविद् सोम खतिवडाका अनुसार लामो समयको दुःख बिर्साउन, पारिवारिक भेटघाट र भाइचाराको सम्बन्ध स्थापित गर्न यी पर्वहरु मनाउन थालिएको हो ।

    दशैँ तिहारमा घर फर्किएकाहरु बिस्तारै आफ्नो व्यापार, व्यवसाय र कामका लागि पुनः फर्किनुपर्ने भएकोले दिदिबहीनीहरुले अष्टचिरञ्जिवी रहनु भन्दै भाइटीका लगाउने चलन रहेको खतिवडाको भनाइ छ । आफ्ना दाईभाईलाई यमराजको नजर नपरोस् र दुःख व्यथा खप्नु नपरोस् भन्दै दिदिबहीनीले कामना गर्ने प्रचलन पनि रही आएको छ ।

    दशैँ तिहारमा सफा मनले पुजाआजा गर्नाले लक्ष्मीको बास भइरहने धार्मिक विश्वास पनि रहिआएको छ । मनमा छलकपट नराखी शुद्ध भावले सत्कर्ममा लाग्दा यी पर्वहरुले उन्नती तर्फ डो¥याउने संस्कृतिविद् डा. मधुसुदन लामिछानेको भनाइ छ ।

    यसवर्षको तिहार भाईटीकासँग बिदाई भएको छ । हरेक वर्ष आउने यी महान पर्वहरुको परम्परागत मूल्यमान्यतालाई उजागर गर्नु आजको आवश्यकता हो । पर्व आफैमा महान छन्, यी मनाउने मानवीय तौरतरिका शुद्ध हुनु आवश्यक छ ।

     

     


    बिहिवार, कार्तिक १० २०७९०७:५०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij