Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० जना घाइते

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० जना घाइते

  • बुधवार, कार्तिक ९ २०७९

  • 381
    SHARES

  • रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० जना घाइते

    काठमाडौं । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

    दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।


    बुधवार, कार्तिक ९ २०७९०७:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij