विमलप्रसाद पोख्रेल, प्युठान । घरमा लडेर हात भाँचिएपछि उपचारका लागि अस्पताल जाँदै गरेका स्वर्गद्वारी नगरपालिका वडा नम्वर –८ बर्जिवाङ्गका १२ वर्षीय बालकसहित आमा र एक स्थानीयलाई केही व्यक्तिले कुटपिट गरेका छन् ।
मादक पदार्थ सेवन गरेका ती व्यक्तिहरुले बिहीबार साँझ बालक सहित तीन जनालाई विनाकारण कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट बालकको अर्को हातसमेत भाँचिएको छ ।
कुटपिटमा संलग्न स्वर्गद्वारी नगरपालिका वडा नम्वर –७ तापाका प्रकाश नेपाली, सन्तोष नेपाली, राजकुमार नेपाली र अनिलकुमार नेपालीलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई जिल्ला पठाइसकेको इन्चार्ज बुद्ध रानाले बताउनुभयो । इलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न युवाले यसअघि पनि पटकपटक त्यस्तो गतिविधि गरेका थिए । उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा यसअघि छाडिएको थियो ।
अराजक गतिविधि गर्ने व्यक्तिहरुलाई जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले नै प्रहरी चौकी पुगेर छुटाउने गर्नाले यस्ता क्रियाकलाप दोहोरिने गरेको स्थानीयको गुनासो छ