Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईसीसी ट्वान्टी–२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सहज जित 

आईसीसी ट्वान्टी–२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सहज जित 

  • आइतवार, कार्तिक ६ २०७९

  • 397
    SHARES

  • आईसीसी ट्वान्टी–२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सहज जित 
    काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा श्रीलंका विजयी भएको छ । होवार्टमा आइतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । 
     
    आयरल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रनको अर्धशतकिय पारी खेले । धनञ्जय डी सिल्भा र चरिथा असलंकाले समान ३१/३१ रन बनाए । आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए । 
     
    पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन जोडे भने पल स्टर्लिङले २५ बलमा ३४ रन बनाएका थिए । जर्ज डिकरेलले १४ तथा लुर्कन टुर्करले १० रन बनाएका थिए । अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
     
    श्रीलंकाका लागि महेश तिक्षणा र वानिन्दु हसरंगाले २/२ तथा विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनञ्जय डी सिल्भाले समान १/१ विकेट लिए । 
     
    सुपर १२ मा पहिलो जितसँगै श्रीलंका समूह एकको दोस्रो स्थानमा उक्लिएको छ । हार पश्चात् आयरल्याण्ड भने समूह एकको पाँचौं स्थानमा रहेको छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।
     
    दुवै टिम पहिलो चरणबाट सुपर–१२ मा प्रवेश गरेका हुन् । श्रीलंका समूह ‘ए’ विजेताको रुपमा सुपर–१२ मा प्रवेश गर्दा आयरल्यान्ड समूह ‘बी’ को उपविजेता बन्दै आएको हो ।
     
    आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ ।
     
     


    आइतवार, कार्तिक ६ २०७९०३:०६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij