Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विरोध खतिवडा र इन्द्र बानियाँलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण 

विरोध खतिवडा र इन्द्र बानियाँलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण 

  • आइतवार, कार्तिक ६ २०७९

  • 676
    SHARES

  • विरोध खतिवडा र इन्द्र बानियाँलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण 
    काठमाडौं । निर्वाचन आयोगले मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडा र मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ ।
     
    खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मनहरी गाउँपालिका स्थित महेन्द्रकिरण माविका विद्यार्थीलाई भ्रमण जान भन्दै १५–१५ हजारको दरले रकम दिएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचरसंहिता लागु भैसकेको अवस्थामा खतिवडा र बानीयाँले विद्यार्थीहरुलाई रकम बाँढेको भन्दै आयोगले दुवैजनासँग जवाफ माग गरेको छ ।

    आयोगले भनेको छ, ‘मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो रु यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आयोगले उनीहरुलाई कात्तिक ६ गतेभित्र स्पष्टिकरण दिन भनेको छ ।

     


    आइतवार, कार्तिक ६ २०७९०२:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij