काठमाडौं । धादिङमा एउटा जगन्य अपराधको घटना घटेको छ । घटना गएरातिको हो । धादिङको निलकण्ठ नगरपालिका –३ खल्चेतमा एक युवकले खुर्पाले हानेर एक वृद्धको हत्या गरेका छन् । वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका छन् ।
हत्यापछि मृतकको टाउको छिनालेर झोलामा हाली राजुले डेढ घण्टा पैदल हिडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।
यसरी भयो घटना
केही दिनअघि खल्चेतमा एक व्यक्तिले आत्महत्या गरेका थिए । ती व्यक्तिको १३ दिने क्रियाबाट फर्किरहेका थिए सोमबहादुर र राजु । यसैबीच, उनीहरुबीच विवाद उत्पन्न भएर हत्यासम्मको अवस्था आएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेकोे छ ।