Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

  • शनिवार, कार्तिक ५ २०७९

  • 532
    SHARES

  • दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

    काठमाडौं । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ ।

    बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

    सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।


    शनिवार, कार्तिक ५ २०७९०५:००:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij