काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुटवल पुगेका छन् ।
लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षणका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू शुक्रबार बुटवल पुगेका हुन् । गण्डकी प्रदेशस्तरीय पोखराको प्रशिक्षण सकेर उनीहरू बुटवल पुगेका हुन् ।
बुटवलको होटल पौवामा प्रशिक्षण कार्यक्रम चलिरहेको छ।