Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले ४ घण्टा सर्वसाधारणसँग टेलिफोनमा गरे कुरा

ओलीले ४ घण्टा सर्वसाधारणसँग टेलिफोनमा गरे कुरा

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 1.0K
    SHARES

  • ओलीले ४ घण्टा सर्वसाधारणसँग टेलिफोनमा गरे कुरा

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुभएको छ । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गर्नुभएको हो ।

    सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गर्नुभएको थियो । उहाँले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिनुभएको हो ।

    ओलीसँग कुरा गर्नका लागि मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए ।

    उहाँले करिब ४ घण्टा बसेर कुराकानी गरेको सचिवालयले जनाएको छ । कुराकानीका विषय फेसबुक पेजमा राखिने बताइएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गर्नुभएको हो ।


    शुक्रवार, कार्तिक ४ २०७९०२:३१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij